बालिकालाई होटलमा बन्धक बनाई वेश्यावृत्ति

by समतल अनलाइन

चितवन । किशोरीलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको अभियोगमा चितवन प्रहरीले दुई होटेल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडीमा रहेको खोटाङ सगरमाथा होटेल एन्ड गेस्ट हाउसका सञ्चालक जंगबहादुर क्षेत्री, उनकी पत्नी निर्मला थापा क्षेत्री र सुनसरी धरान उपमहानगरपालिका–८ लेटाङ घर भएकी रोशिका राईलाई सोमबार प्रहरीले पकाउ गरेको हो ।

१४ वर्षीया बालिका र २२ वर्षीय युवतीलाई होटेलमा बन्धक बनाई जबरजस्ती यौन धन्धामा लगाएको उजुरी परेपछि प्रहरीले होटेलमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । केही दिनदेखि दुवैजना हराएको भन्दै गत २८ कात्तिकमा आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

त्यसको केही दिनपछि २२ वर्षीय युवतीले आफन्तलाई फोन गरी आफूहरूलाई जुगेडीको होटेलभित्र बन्धक बनाइएको र जबरजस्ती वेश्यावृत्तिमा लगाइएको भन्दै गुहार लगाएकी थिइन् । तिनै युवतीले प्रयोग गरेको मोबाइल फोनको लोकेसन पछ्याउँदै जाँदा चितवन प्रहरीले सोमबार होटेलमै उनीहरूलाई फेला पारेको थियो ।

चितवनका प्रहरीप्रमुख एसपी दानबहादुर मल्लका अनुसार होटेल सञ्चालकले अरू समय बन्धक बनाएर राख्ने तथा ग्राहक आएपछि जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेका थिए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like