‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ : बुटवलको सुरक्षामा पूर्व प्रहरी, पच्चिस करोडको बिमा

by समतल अनलाइन

बुटवल । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पूर्व प्रहरीले सुरक्षा प्रदान गर्ने भएको छ । सुरक्षा व्यबस्थापन उपसमितिले टेण्डर आह्वान गरि पूर्व प्रहरी सेक्युरिटी सर्भिर प्रालिलाई सुरक्षाको जिम्मेवारी दिने निर्णय गरेको हो ।

मेला अवधिभर सुरक्षा व्यबस्थालाई चुस्त बनाउने गरि सुरक्षा व्यबस्थापन उपसमितिका संयोजक बाबुराम बिक र प्रालिका व्यबस्थापक बिरबहादुर जिसीले सम्झौता गर्नुभएको छ । सम्झौता अनुसार रातीको समयमा २५ जना र दिउँसोको समयमा ३० जना सुरक्षाकर्मी मेलाको सुरक्षामा खटिने छन् ।
त्यसबाहेक नेपाल प्रहरी, ससस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट समेत मेलामा प्रत्यक्ष निगरानी गरिने बुटवल उद्योग बाणिज्य संघका सदस्य तथा मेला सुरक्षा व्यबस्थापन उपसमितिका संयोजक बाबुराम बिकले जानकारी गराउनु भयो ।

त्यस्तै मेलालाई सुरक्षित बनाउनकालागि मेलाको चारैतिर सिसिटीभिबाट निगरानी गरिने छ । त्यसैगरी मेलामा प्रति स्टल ५ लाखका दरले भूकम्प, चोरी, आगजनी, हुलदंगा, हुरी बतास तथा व्यक्तिको समेत समेटिने गरी २५ करोड रुपैंयाको बिमा गरिएको संघका कोषाध्यक्ष तथा आर्थिक व्यबस्थापन उपसमितिका संयोजक बिमलराज भट्टराईले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like