जागिरबाट निकालिएपछि महिलाले गरिन् आत्महत्या, मजदूरहरुको प्रदर्शन

by समतल अनलाइन

सिरहा । सिरहाको गोलबजार– ९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन् ।

गोविन्दपुरकी अनितादेवी पासवान मंगलबार बिहान उद्योग नजिकै झुण्डिएको अवस्थामा फेला परेकी हुन् । १५ वर्षदेखि स्थायी श्रमिकका रुपमा कार्यरत उनले आत्महत्या गरेपछि मजदूरहरुले प्रदर्शन गरेका छन् ।

पासवानलाई अपमान जनक ढंगले कामबाट निकालेर आत्महत्या गर्न बाध्य पारेको भन्दै आफन्त, मजदूरले क्षतिपूर्तिको माग गर्दै उद्योग घेराउ गर्नुका साथै पूर्व पश्चिम राजमार्गमा चक्काजाम गरे । प्रहरीले दुई घण्टापछि राजमार्ग खुलाएको थियो ।

उद्योग व्यवस्थापनले सोमबार अवकास दिएको सूचना टाँसेको थियो। नियमित कामका लागि मंगलबार बिहान ७ बजे उद्योग पुगेकी पासवान अवकासको सूचना पाएपछि त्यहाँबाट फर्किएकी थिइन् ।

उनी उद्योग नजिकैं रुखमा ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको उद्योगका प्रशासकीय अधिकृत एवं सुरक्षा संयोजक मोहन शर्माले जानकारी दिए । पासवान दैनिक बिहान ८ देखि ४ बजेसम्म उद्योगमा काम गर्थिन् । कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like