‘ल स्टुडेन्टस एसोसियशन’को आयोजनामा बुटवलमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

by समतल अनलाइन

बुटवल। लुम्बिनी बौद्ध विश्व विद्यालयमा बिए(एलएलबी)का विद्यार्थीहरुको ‘ल स्टुडेन्टस एसोसियशन’को आयोजनामा बुटवलमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

 

सोमबार बुटवलको कान्ति स्कुलमा भएको कार्यक्रममा प्रथम अन्नपुर्ण मोडल कलेजकी छात्रा शितल गौतम , द्वितीय कालिका मा बि की छात्रा एलिशा बेल्वासे र तृतीय शान्ति नमुना मणिग्रामकी छात्रा दिक्षा पन्थ भएकी छन।

रुपन्देहीका विभिन्न विद्यालयका सात जनाले भाग लिएको कार्यक्रममा ” मानब अधिकारको आधार , लैंगिक समानता र नारी अधिकार ” विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो।

दयाराम भण्डारी ,कमल मरासिनी , सावित्रा घिमिरिले कार्यक्रममा निर्णायकको रुपमा रहेका थिए । ‘ल स्टुडेन्टस एसोसियशन ’कि अध्यक्ष सिमाना थापा क्षेत्रिको अध्यक्षता , डा. प्रा. वेद बहादुर गिरिको प्रमुख आतिथ्यता र विशिस्ट अतिथि बरिस्ट अधिवक्ता शालिकराम बन्जाडे र सचिब कृष्ण भण्डारी , सोहि संस्थाकी सदस्य मंजिला ज्ञवालीले गरेका थिए।

 
 
  
 

You may also like