लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई जडान सुरु, दुई महिनाभित्र सेवा सुरु हुने

by समतल अनलाइन
117Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।

मेसिन जडान गरी आगामी २ महिना भित्रमै सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताए ।

‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै जनताले अति न्यून शुल्कमा सेवा लिन पाउने छन् ।’–उनले भने, ‘विगत ५ वर्षदेखि प्रदेश सकारले गर्दै आएको प्रयासले बल्ल अहिले साकार रुप प्राप्त गर्न लागेको छ ।’ ओपीडी सेवा तर्फ वार्षिक करिब ४ लाख जनताले सेवा लिने यस अस्पतालमा लुम्बिनी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशहरुबाट समेत गरी ३० लाख जनसङ्ख्या यसको सेवाक्षेत्रभित्र रहेका छन् ।

अस्पतालमा यही कार्तिक १७ गतेदेखि मेशिन जडानको काम सुरु भएको हो । आगामी मंसिरको अन्तिमसम्म जडानको सम्पूर्ण काम सक्ने लक्ष्यसहित तिब्रताकासाथ काम भैरहेको निर्यातकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरका इन्जिनीयर राजु चौधरीले जानकारी दिए । ‘यही कार्तिक १० गते मेशिन झारिए पनि चाइनाबाट प्राविधिक टोली आउन ढिका गरेका कारण एकसातापछि जडानको काम सुरु गरेका छौं ।’-चौधरीले भने, ‘अहिले चाइनाका दुई जना प्राविधिक टोलीको निगकारीनामा जडानको काम धमाधम भैरहेको छ ।’ हालसम्म आरएफ क्याविनेटतर्फ करिब ८० प्रतिशत तथा टेक्निकल रुममा पनि सोही अनुपातका काम सम्पन्न भएको इन्जिनीयर चौधरीले बताए । यसैगरी अब्जरभेसन रुम (कन्सल रुम)को काम पनि अघि बढेको उनले जानकारी दिए । मेशिन जडानका लागि प्राविधिकहरु दैनिक १२ घण्टा खटिने गरेको इन्जिनीयर चौधरीले बताए ।

लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा थप उपकरणहरु जडान तथा सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल बिकास समितिले पहल गर्दै आएको अध्यक्ष अजयमान श्रेष्ठले बताए । सेवाग्राहीको बढ्दो चाँप र जनअपेक्षालाई पूरा गर्नका लागि सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिने उनले बताए ।

सेवालाई विशिष्टिकृत गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पतालले उपकरणहरु थप गर्नुका सेवा सरलीकरणलाई समेत जोड दिएको छ । अस्पतालमा एमआरआई मेशिन जडानसँगै नयाँ सिटीस्क्यान मेशिन गरिदका लागि प्रक्रिया अगाडि बढाउन लागिएको मेसु ढकालले जानकारी दिएका छन् । हाल अस्पतालमा रहेको मेशिन पुरानो र बारम्बार विग्रिने समस्या भएकाले संघीय सकारको आर्थिक लगानीमा नयाँ मेशिन खरिद प्रक्रिया अघि बढाउन लागिएको उनले बताए ।

अस्पतालमा हाल रहेको ७ वर्ष पुरानो १६ स्लाइसको मेशिनको ठाउँमा १२८ स्लाइसको कार्डियाक्ससिटी जडान गर्न लागिएको उनले जानकारी दिए । यो मेशिन जडान भएको अवस्थामा मुटुको स्क्यान पनि गर्न सकिने भएकाले उपचारमा थप गुणस्तर र सहज हुने अपेक्षा व्यक्त गरे ।

You may also like

This will close in 0 seconds