कुन देशमा कति बजे छ भाईटिका साइट ?

by समतल अनलाइन
96Shares

काठमाडाैं।यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ ।

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

त्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौं दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । 

आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस्तै तिहार नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि मनाइँदै छ ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।

नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिएको छ भने भारतको दिल्लीमा २३ अक्टुबरमा ११ बजेर ५५ मिनेटमा टीकाको साइत रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अमेरिका र क्यानडामा भने २२ अक्टोबरमै भाइटीका लगाउने शुभ साइत थियो ।

You may also like