64
काठमाडौं । सरकारले सामाजिक सञ्जाल खुलाएको छ । सोमबार भएको जेनजीको प्रदर्शनपछि सामाजिक सञ्जाल खुलाइएको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सामाजिक सञ्जाल खुलाइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
जेनजीको सदाशयताका लागि सामाजिक सञ्जाल खुला गरिएको उनको दाबी छ ।
सरकारले दर्ता हुन नमानेको यसअघि मेटा, एक्सलगायत सामाजिक बन्द गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुलाउने निर्णय नगरे पनि पछि सत्तारुढ दलका नेताको दबाबमा सरकारले राति १० बजेपछि खुलाएको हो।
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा प्रदर्शन गरेको थियो।
प्रदर्शनमा सरकारी दमनका कारण १९ जना युवा मारिएका छन् भने ४२२ जना घाइते भएका छन् ।