अक्सफोर्ड माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, शतप्रतिशत नतिजासहित उत्कृष्ट

by समतल अनलाइन
Shares

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माविले माध्यमिक शिक्षा परीक्षा एसर्ईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई  आइतबार बधाई  तथा शुभकामना कार्यक्रम गरेको छ ।

अक्सफोर्डबाट एसईईको परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाकालागि तयारीमा रहेका डेढ सय विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो।

विद्यालयले आइतबार बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेर उच्च शिक्षाकालागि अग्रसर विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो । विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा २०८१ मा एकसय ४५ जना विद्यार्थीहरु सहभागि भएकोमा शत्प्रतिशत नतिजा सहित विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो ।

उहाँले अक्सफोर्डबाट १० जनाले ४ जिपीए,  ३.६० जिपीएभन्दा माथि १३६ जना, ३.४४ जिपीएभन्दा माथि ९ जना गरी शत्प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो ।

उहाँले यो अंक जिल्लाकै राम्रो अंक भएको उल्लेख गर्दै अक्सफोर्डमा सबैखाले ज्ञान र बौद्धिकताको सिकाइ हुने हुँदा शैक्षिक गुणस्तरीयतामा पनि उत्कृष्टता हासिल गर्न सफल भएको विचार राख्नुभयो । उहाँले एसईईमा उत्र्तीण भएका विद्यार्थीहरुले अरुको कर र रहरमा भन्दापनि आफ्नो चाहना र इच्छाका आधारमा विषय छनोट गरेर माथिल्लो कक्षामा अध्ययन गर्न सुझाव दिनुभयो । 

विद्यालय संचालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, विद्यालय संचालक समितिका सदस्य नवराज पंगेनी, ललित खरेल, न्यु कान्तिपुर मन्टेश्वरी टे«निङ्ग सेन्टरका निर्देशक यशुकला पाण्डे, एकेडेमिक चिफ प्रकाश ज्ञवाली, अक्सफोर्डका पुर्व विद्यार्थी दिया भुसाललगायतले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्र्तीण भएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उच्च शिक्षामा थप शैक्षिक सफलताको शुभकामना दिनु भएको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । 

You may also like