सिकाइसँगै माटोमा रमाउँदैः इन्टेलेच्युअल एकेडेमीका विद्यार्थीहरूको असार १५ मा व्यवहारिक रोपाइँ

by समतल अनलाइन
Shares

बुटवल। असार १५ अर्थात राष्ट्रिय धान दिवस । प्राय विद्यालयहरुले नियमित कक्षा चलाइरहेका थिए । केही विद्यालयले भने एसईईको नतिजाको खुशीयाली साटासाटका कार्यक्रम गरिरहेका थिए । तर, बुटवलको इन्टेलेच्युअल एकेडेमीले भने आइतबार विद्यार्थीहरुकै लािग सिकाई रोपाईँ कार्यक्रम गरेकाे छ  ।

सहरमा हुर्केका त्यसमा पनि बोर्डिङका विद्यार्थीहरुले माटोसँग खेल्ने बानी हराउँदै गएपछि इन्टेलेच्युअलले कृषि र आफ्नाे परम्परालाइ व्यहारमै बुझाउन िसकाइ राेपाइँ गरेकाे हाे । विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलले पाठ्यपुस्तकमा मात्रै विद्यार्थीलाई केन्द्रीत गराउँदा व्यवहारिक पाटाहरु बिर्सदै गएकाले राष्ट्रिय धान दिवसका दिन विद्यार्थीहरुका लागि सिकाई रोपाई गरिएको बताए ।

उनले आफूहरुले नतिजालाई मात्रै भन्दा पनि व्यवहारिक ज्ञान सिकाउन गरिएको बताए । उनले नेपाल कृषि प्रधान मुलुक भएकाले किसानको मर्म र कृषि प्रतीको महत्व बुझाउन सिकाई रोपाई गरिएको हो । यसअघि पनि विद्यालयले सिकाई रोपाई गर्ने गरेको हो ।

सानो कक्षाका विद्यार्थीहरुलाई अवलोकन गराउने र ठूला कक्षाका विद्यार्थीहरुलाई रोपाईमै सरिक गराउने गरिएको छ । यसका अतिरिक्त विद्यार्थीहरुलाई मौसमी खेतीहरुको बारेमा जानकारी तथा अवलोकन भ्रमण गराएर प्रत्यक्ष रुपमा समेत काम गराउने गरिएको प्रबन्ध निर्देशक पोखरेलले बताए । 

तिलोत्तमा १२ मक्रहर स्थित यादव पौडेलको खेतमा विद्यार्थी सिकाई रोपाई गरिएको हो । कक्षा ६,  ७ , ८ र ९ का गरी २ सय विद्यार्थीहरुले रोपाईमा सरिक भएका हुन् । विद्यालयका शिक्षक कर्मचारीहरुको समेत उपस्थिती रह्यो । असारे गीतमा नृत्य गर्दै दही चिउरा समेत खाएर रोपाईमा सरिक भएका हुन् ।

विउ काढ्ने, बाउसे, रोपारको भूमिकामा विद्यार्थीहरुले काम गरेका थिए । विद्यार्थीहरुदे ३ कठ्ठाको खेतमा रोपाई गरेका थिए ।  प्राय पहिलाेपटक राेपाइका लागि खेतमा पुगेका विद्यार्थीहरुले राेपाइमा सहभागी हुन पाएकाेमा खुशी व्यक्त गरेका थिए । 

You may also like