63
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई आज पनि हुने भएको छ ।
विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाई पछि यस रिटलाई हेर्दा हेर्दैमा राखिएको थियो ।
अहिलेसम्म रवि लामिछाने पक्षका वकिलको बहस सकिएको छ भने छबिलाल जोशी पक्षका वकिलहरुको बहस जारी रहेको छ ।
मंगलबार लामिछाने र उच्च अदालतको आदेशविरुद्ध ७३ नम्बरको निवेदनलाई एकै ठाउमा राखेर सुनुवाइ सुरु भएको थियो ।
आज बहस सकिएमा फैसला पनि आउन सक्ने देखिएको छ ।