देशका केही प्रदेशमा मेघगर्जनसहित वर्षा, मौसम आंशिक बदली

Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ। साथै बिहार आसपासको न्यून चापीय रेखाले पनि प्रभाव पारेको छ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ, भने अन्य भूभागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली छ। ती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानमा मौसम मुख्यतः सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने, बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको छ।

आज सूर्योदय बिहान ५:३३ बजे भएको हो भने सूर्यास्त साँझ ६:३२ बजे हुनेछ।

You may also like