कालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

Shares

काठमाडौं । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–२ लार्फा नजिक ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

पलाँता–९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर सोमबार राति करिब ११ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार दुर्घटनामा परी पलाँता–५ की ३२ वर्षीया अम्मा शाही, पलाँता–४ का ३८ वर्षीय सदु बुढा, २३ वर्षीय रवीन्द्र बिक र खत्याड गाउँपालिका–५, मुगुका चालक चन्द्रप्रकाश रोकायाको ज्यान गएको हो।

ट्याक्टर भीरबाट खसेकाले थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

You may also like