परोपकार महासंघद्वारा अपाङ्ग आश्रममा न्यानो कपडा बितरण

by समतल अनलाइन

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देही र बुटवल नगरको संयुक्त आयोजनामा न्यानो कपडा बितरण गरिएको छ । बुटवलको देबिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा आश्रितहरुलाइ न्यानो कपडाहरु बितरण गरिएको हो ।

जाडोको मौसम शुरु भएकोले उनीहरुलाइ जीवन यापनमा गर्न सहज होस् भन्ने उद्धेश्यले न्यानो कपडा बितरण गरिएको जिल्ला अध्यक्ष नगेन्द्र पाण्डेले बताए । कार्यक्रममा महासंघका केन्द्रिय सचिब कृष्णप्रसाद शर्मा तिवारीले महासंघले देशभर सामाजिक काम गरिरहेको बताए ।

कार्यक्रममा आश्रमका अध्यक्ष डोरबहादुर रामजाम, जिल्ला सचिब तुलसीराम भण्डारी,राष्ट्रिय परोपकार महासंघ बुटवल नगर अध्यक्ष बाबुराम तिवारी,सल्लाहकार कपिल ज्ञवाली, महासंघका मुक्तिनाथधाम इकाइका उपाध्यक्ष घनश्याम भण्डारी लगायतले बोलेका थिए ।

संस्थाले रक्तदान,लत्ताकपडा बितरण, बृक्षारोपण लगायतका काम गर्दै आइरहेको छ । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको भोली शुक्रबार बुटवल १२ मुक्तिनाथधाममा अधिबेशन हुदैछ ।

 
 
  
 

You may also like