नेपाल क्यानडासँग पराजित

by समतल अनलाइन
Shares

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब शुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको हो । यस खेलमा क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपाली टिम १९ ओभरमा अल आउट हुदै १०९ रन मात्र बनाएको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउदै १२३ रन बनाएको थियो ।

क्यानडाका लागि साद बिन जफरले सर्बाधिक २३, श्रेयस मोभ्भाले २२, प्रवीन कुमारले १९, दिलप्रित बाज्वा र अखिल कुमारले १४-१४ र नवनीत धलिवालले १३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र सोमपाल कामीले ३-३, रजिन ढकाल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल आज ओमानसँग खेल्दै छ ।

You may also like

This will close in 0 seconds