246
काठमाडौं । सत्ता समीकरण फेरिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार साढे ८ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सचिवालय बैठक बस्दैछ ।
![](https://samatalonline.com/wp-content/uploads/2024/06/adv-7.gif)
![](https://samatalonline.com/wp-content/uploads/2024/06/adv-6.gif)
![](https://samatalonline.com/wp-content/uploads/2024/06/adv-8.gif)
![](https://samatalonline.com/wp-content/uploads/2024/06/adv-10-1.gif)
![](https://samatalonline.com/wp-content/uploads/2024/06/adv-1.gif)
![](https://samatalonline.com/wp-content/uploads/2024/06/mathagadhi.gif)
सहमहामन्त्री बुर्लाकोटीले पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने जानकारी दिए । सोमबार मध्यरातमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले संविधान संशोधनको एजेण्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् ।
![](https://samatalonline.com/wp-content/uploads/2023/02/rohini-l.gif)
![](https://samatalonline.com/wp-content/uploads/2024/05/Palhinandan-Notish-2078.gif)
![](https://samatalonline.com/wp-content/uploads/2024/06/1714648321.jpg)
निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सात बुँदै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।