कञ्चनमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया तथा शैक्षिक सामग्री

कञ्चन रुपन्देहीको कञ्चन गाउँपालिकामा १९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सोमवार सरोकारवालासंग अन्तरक्रिया तथा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

अन्तरकृयामा सहभागी सरोकारवालाहरुले विगतमा जस्तो जातीय रुपमा विभेद नभएको र समय र अवस्था परिवर्तनसंगै जातीय रुपमा गरिदै आएको कुनै पनि विभेदको अन्त्य भएरै छोड्ने कुरा अभिब्यक्त गरेका थिए।

कार्यक्रममा अन्तरकृयामा उठेका सवालहरुमा टिप्पणी गर्दै कञ्चन गाउापालिकाका अध्यक्ष नपराज ढकालले समय हिजोको जस्तो संकुचित सोंच र मानिसले रमानिसलाई गरिने कुनै विभेदयक्त ब्यबहारहरु केही छिटफुट बाहेक नदोहोरिएको बताउनु भयो। अव हिजोको घटनाहरुलाई बिषय बस्तु बनाएर भन्दा ती घटनाहरुलाई समाजमा दोहोरिन नदिन सबैले सबै पक्षबाट निस्तेज पार्ने अभियानमा निरन्तर लाग्नु पर्नेमा अध्यक्ष ढकालले जोड दिनु भयो। अध्यक्ष ढकालले यदि अझै पनि विभेद छ भने एकै समुदाय र जाती भित्र होला तर बहुजातीय समाजमा एक जाती, एक समुदायलाई विभेद गरेर आफु स्थापित हुने समयको अन्त्य भएको बताउनु भयो।

यस्तै वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले समाजलाई विकास र परिवर्तनको दिशामा लैजान फरक फरक जाती र समुदायको आपसी सहकार्य र समन्वयले मात्र सम्भव हुने बताउनु भयो। कुनै एक जाती वा समुदायले समाज रुपान्तरणको नारा घन्काएर कुनै रुपान्तरण नहुने भन्दै रुपन्तारणको नारालाई सबैको साझा बनाउन सकेमात्र समुचित बिकास हुदै जाने वडा अध्यक्ष सापकोटाले बताउनु भयो। केही अपवाद बाहेक देखिने वा समुदायलाई बिग्रहमा ल्याउनेगरी कुनै पनि जातीय बिभेद नभएको उल्लेख गर्दै यदि कहि कतै बिभेद भएको देखिएमा कनुन सम्बत कार्वाहीको भागीदार हुन कसैले रोक्न नसक्ने समेत वडा अध्यक्ष सापकोटाले बताउनु भयो।

कार्यक्रमको अध्यक्षता गर्दै सामाजिक बिकास समितिका संयोजक तथा प्रवक्ता चित्रलाल तुलाचनले जातीय विभेद तथा छुवाछुतको अन्त्यका लागि गरिने सभा सम्मलेलन, गोष्ठीसंगसंगै कुनै पनि बहानाले पछाडी पारिएका वा पिछडिएका जाती तथा समुदायका छोरा छोरीहरुलाई बिद्यालय शिक्षाको पहुँचमा सहजता बनाउने कार्यक्रमहरुलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो। आज बालबालिकाहरुलाई दिइएको झोला र कपी देख्दा सामान्य भएपनि सांकेतिक रुपमा बालबालिकाहरुको उज्जवल भविष्यसंगै आफु कुनै पनि विभेदमा परेको भन्ने कुरा थाहा पाउन र तिनै विभेदका बिरुद्ध संघर्ष गर्न पनि शिक्षा आवस्यक पर्ने भएकोले शैक्षिक सामग्रीको रुपमा झोल र कपि दिइएको प्रवक्ता तुलाचनले बताउनु भयो।

कार्यक्रममा थकालीचोक टोल बिकास संस्थाका अध्यक्ष नन्द बहादुर खडकाथोकीले जातीय बिभेदबारे सामान्य नागरिकहरुले भन्दा धर्म गुरु, धार्मिक अभियान्ता, पण्डित तथा पुजारीहरुद्वारा प्रवचन गर्नु पर्ने आवस्यकता रहेको बताउनु भएको छ।

कञ्चनका आर्थिक तथा सामाजिक रुपमा विपन्न परिवारको ४१ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रममा नेपाली कांग्रेसका देविाम रेग्मी, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा, जनज्या्ेति माध्यमिक बिद्यालयका टिका सुनार, मलावरदेवी माध्यमिक बिद्यालयका सूर्य प्रसाद शर्मा लगायतले जातीय बिभेद तथा छुवाछुत उन्मुलन सम्बन्धी धारणा ब्यक्त गर्नु भएको थियो।

सामाजिक बिकास समितिका संयोजक तथा प्रवक्त चित्र तुलाचनको अध्यक्षा, कार्यपालिका सदस्य कुमारी घर्ति मगरको स्वागतमा भएको कार्यक्रममा सहायक महिला बिकास निरीक्षक राधा भट्टराईको संचालनमा सम्पन्न भएको हो। कञ्चन ४ स्थित उत्पिडित तथा दलित महिला संघको सभाहल, बगिया बजारमा भएको कार्यक्रममा बिद्यालयका शिक्षक, बिधार्थी, बिभिन्न राजनैतिक दलका प्रतिनीधि, टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो।

 
 
  
 

You may also like