167
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको राजनीति धमिलिँदै गएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुभारम्भ गर्दै पौडेलले देशको राजनीति धमिलो भएकै कारण देश ठिक ढङ्गले अघि बढ्न नसकेको बताएका हुन ।
‘देश धेरै अप्ठ्यारो अवस्थामा छ’, पौडेलले भने । उनका अनुसार राजनीति सङ्लो नभएसम्म देश ठिक ढङ्गबाट अघि बढ्न सक्ने अवस्था छैन । ‘जबसम्म राजनीति सङ्लो हुँदैन, तबसम्म देश ठिक ढङ्गले अघि बढ्न सक्दैन, अहिले देशको राजनीति बिग्रिरहेको छ’ पौडेलले भने । सरकारका काम कारबाहीले देश लथालिङ्ग बन्दै गएको पौडेलले बताए । देशलाई लयमा फर्काउन निक्कै चुनौती रहेको उनले जनाएका छन् ।