आजको राशिफल : मंसिर ४ गते, बुधबार

by समतल अनलाइन

वि.सं.२०७६ साल मङ्सिर ०४ गते । बुधबार । इस्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि अष्टमी,१३ घडी ०३ पला,बिहान ११ बजेर ४२ मिनेट उप्रान्त नवमी । नक्षत्र मघा,३१ घडी १७ पला,बेलुकी ०७ बजेर ०० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग इन्द्र,३१ घडी २२ पला,बेलुकी ०७ बजेर ०२ मिनेट उप्रान्त वैधृति । करण कौलव,बिहान ११ बजेर ४२ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त गर । आनन्दादिमा चर योग । चन्द्रराशि सिंह । काठमाडौँमा सूर्योदय ०६ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २६ घडी ३७ पला । गोरखकाली पूजा। बुधाष्टमी। भैरव–अष्टमी । विश्व बाल अधिकार दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पनि सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले सकयमा कामहरू बन्नेछन् । पढाई लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केही समय कुर्नु नै पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यवसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आँट,पराक्रम गर्न नडराई अगाडि बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्त टाढिनेछन् । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरू सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ भने उत्तम वस्त्र,मनपर्ने तथा विलासी बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा ब्याइधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रसंगबाट टाढै रहनु होला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा विलासी बस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषि गणेश काफ्ले ।

 
 
  
 

You may also like