नेप्से परिसूचकमा सुधार, एक अर्ब १८ करोडको कारोबार

by समतल अनलाइन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर ५८ हजार सात सय ४१ पटक खरिदबिक्री हुँदा रु एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बैङ्किङ समूहको उपसूचक सामान्य अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ५२ र जलविद्युत् समूहको उपसूचक एक दशमलव ३७ प्रतिशतले बढेको छ ।

 
 
  
 

You may also like