गुल्मीको मदाने युवा क्लबले कार्तिक ९ देखि ११ गतेसम्म आफ्नो चौधौं वार्षिकोत्सब मनाउने

by समतल अनलाइन

गुल्मी । मदाने युवा क्लबले चौधौं वार्षिकोत्सबमा विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको तयारी तिब्र पारेको छ ।

मदाने गाउँपालिका वार्ड नम्बर २ बाझकटेरीमा क्लब दर्ता भएपछि नै विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ । मदाने गाउँपालिका वडा नम्बर २ मा स्थापना भएको क्लबले कार्तिक ९ देखि ११ गते सम्म कल्बको चौधौं वार्षिकोत्सव मनाउने घोषणा गरेको छ ।
`विकास,अनुशासन,गतिशीलता हाम्रो प्रतिबद्धता´ भन्ने नारा लिएर स्थापित क्लबले मदाने गाउँपालिका वडा स्तरीय पुरुष भलिबल ,फुट्सल र विविध सास्कृतिक कार्यक्रम आयोजना गरेको कल्बका अध्यक्ष जय प्रकाश भुसालले जानकारी दिनुभयो ।

युवाहरूलाई एकताबद्द गरेर समाज विकासमा आवद्द गराउने गराउने उदेश्यले वडाका सम्पुर्ण युवाहरुलाई समेटेर क्लब गठन गरि प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सब मनाउदै आएको उहाँको भनाई छ । आगामी दिनमा युवालाई बिकृती र बिंसगति बाट बचाउदै समाज विकासमा लाग्न प्रेरणा दिने प्रमुख लक्ष्य रहेको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम संचालनको लागि अहिले विभिन्न सहयोगदाताबाट सहयोग संकलन गरिरहेको क्लबका उपाध्यक्ष शिशिर भुसालले बताउनुभयो । क्लबले गएका वर्षहरुमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको र कोभिडको बेला स्वास्थ्य सामाग्री वितरण गरेर स्वास्थ सेवालाई समेत मजबुत बनाउन सहयोग पुर्याएको उहाँ जिकिर गर्नुभयो ।

कार्यक्रम मदाने २ मा रहेको श्री बाँझकटेरीमेघगङ्गा मा वि को प्राङ्गणमा संचालन गरिने क्लबका सचीव विक्रम जिएमले जानकारी दिनुभयो । कल्बको चौधौं बार्षिकोत्सवलाई ब्यवस्थीत र भब्य बनाउनको लागी कल्वले बिभिन्न समिति तथा उपसमिति समेत गठन गरेर तयारीमा जुटेको समेत उहाँले जानकारी दिनुभएको छ । क्लबले अहिले सहयोगदाता,सहकार्य तथा प्रचारप्रसारलाई तिब्र पारेको जनाएको छ ।

 
 
  
 

You may also like