कञ्चन गाउँपालिकामा तीन दिने अभिमुखिकरण तालिम सुरु

by समतल अनलाइन

कन्चन।रुपन्देहीको कञ्चन गाउँपालिकाले सार्वजनिक सेवा प्रवाह तथा खरिद व्यवस्थापन सम्वन्धि तीन दिने अभिमुखीकरण तालिम सुरु गरेको छ ।

बिहिवारदेखि सुरु भएको तालिम शनिवारसम्म सञ्चालन हुनेछ ।तालिमको पहिलो दिन नेपाली नागरिकता सिफारिस सम्वन्धि अभिमुखीकरण रुपन्देहीका सहायक प्रमु्ख जिल्ला अधिकार रामचन्द्र अर्यालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सिनियर डिभिजन इञ्जिनियर नवराज शर्माले योजना तर्जुमा, स्थानीय सरकार संचालन ऐन र खरिद सम्वन्धि तालिममा सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरण तालिम आयोजना गर्नुको उद्देश्यका बिषयमा बोल्दै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले खासगरि वडा अध्यक्षहरुले कर्मचारीहरुले जस्तै दैनिक सेवाग्राहीका समस्या लगायत सिफारिस तथा लिखत प्रमाणीकरण गर्नुपर्ने भएकोले त्यसका बिषयमा रहेका अप्ठ्याराका बिषयमा सहजीकरण गरिएको बताउनु भयो ।

अभिमुखीकरण तालिममा कञ्चनका गाउँपालिकाका वडा अध्यक्ष, वडा सचिव, शाखा प्रमुख तथा जनप्रतिनिधिहरु गरि करिव ५० बढीको सहभागिता रहेको छ ।

 
 
  
 

You may also like