वडा सदस्यको निधनको शोकमा रुपन्देहीको रोहिणी गाउँपालिकामा बिदा

by समतल अनलाइन

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विद्या देवी धवलको निधन भएको शोकमा गाउँपालिकामा विदा दिइएको छ ।

रोहिणी गाउँपालिका कार्यालय तथा यस मातहतका सम्पूर्ण वडा कार्यालयहरुमा बिहीबार एक दिनका लागि शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

मुटु सम्बन्धी रोगबाट पीडित भइ उपचार गराइरहेकी ५३ वर्षिय धवलको बुधबार राती रोहिणी–४ स्थित आफ्नै घरमा निधन भएको रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताए ।धवल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दोस्रोपटक वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

 
 
  
 

You may also like