सुन तस्करी प्रकरणका आरोपित सीआईबीको हिरासतमा

काठमाडौं । राजस्व अनुसन्धान विभागको पुल्लोचकस्थित हिरासत रहेका एक क्वीन्टल सुन तस्करी प्रकरणका आरोपितलाई प्रहरीको जिम्मा लगाइएको छ । विभागले हिरासतमा भएका आरोपितहरु संकलित तथ्य प्रमाणसहित बाँकी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आज आइतबार जिम्मा दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्वीन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । उक्त प्रकरणमा विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी, तीन जना भन्सार एजेन्ट, तीन विदेशी नागरिक, रेडी ट्रेडका सञ्चालकलगायत १८ जना पक्राउ परेकोमा एक जना हाजिरी जमानीमा रिहा भएर बाँकी १७ ना हिरासतमा छन् ।

 
 
  
 

You may also like