लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज (शनिबार) बस्ने भएको छ । गत असार २० गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएसँगै स्थगित प्रदेश सभाको बैठक आज बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनका अनुसार दोस्रो अधिवेशनको उन्नाइसौं बैठक आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले बताए ।

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गरेको थियो । प्रदेश सभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेश सभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ ।

 
 
  
 

You may also like