देवदहका ब्यवसायीलाई श्रेष्ठले दिए सटर भाडामा ५० प्रतिशत छुट

बुटवल । रुपन्देहीको देवदहका एक ब्यवसायीले आफ्ना घरबाट उठाउँदै आएको सटर भाडामा ५० प्रतिशत छुट दिएर ब्यवसायीलाई राहत दिएका छन् ।

देवदह खैरेनीका ब्यवसायी तथा घरधनी ईश्वर श्रेष्ठले आफ्ना १२ वटा सटरबाट उठाउदै आएको सटर भाडा शुल्कमा ५० प्रतिशत छुट दिनु भएको हो । वर्तमान अवस्थामा देखिएको आर्थिक मन्दी र मन्द चलायमान भएको ब्यवसायलाई ध्यानमा दिएर आफ्ना घरका १२ सटरबाट उठाउदै आएको सटर भाडामा ५० प्रतिशत छुट दिएको श्रेष्ठले बताउनुभयो ।

अहिले देखिएको आर्थिक तरलता र व्यवसायिक मन्दी चलायमान भएपछि पुनः भाडा वृद्धि गर्ने गरि हाललाई भाडामा ५० प्रतिशत छुट दिएको उहाँले बताउनुभयो । श्रेष्ठको देवदह खैरेनीमा रहेको घरमा १२ सटर भाडामा लिएर ब्यवसायीले आफ्नो विभिन्न ब्यवसाय संचालन गर्दै आएका छन् ।

श्रेष्ठले भाडामा ५० प्रतिशत छुट दिएको कार्य सर्हानीय भएको देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारीले बताउनुभयो । सटरभाडाकै कारण व्यवसाय छोड्नु पर्ने बाध्यतामा पुगेका ब्यवसायीलाई राहत पुग्ने गरि घरधनी श्रेष्ठले भाडामा ५० प्रतिशत छुट दिएर व्यवसायिक अफ्ठ्यारोमा सघाउने कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । घरमा ब्यवसायी गरि बसि रहेका पुराना ब्यवसायीलाई घरधनी श्रेष्ठले ५० प्रतिशत छुट दिनु भएको हो ।

 
 
  
 

You may also like