प्रतिनिधिसभाको बैठक बस्दै, तीन विधेयक प्रस्तुत हुँदै

by समतल अनलाइन
183Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

आजै सो विधेयक माथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखिएको छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरू भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा छन् ।

Comments

You may also like