कोटहीमाई गाउँपालिकाका इञ्जिनियर यादव घुससहित पक्राउ

 रूपन्देहीको कोटहीमाई गाउँपालिकाका इञ्जिनियर अर्विन्दकुमार यादव ४५ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इञ्जिनियर यादवलाई बुधबार घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वडा नम्बर ७ अन्तर्गतको सडक पिसिसी र ग्राभेल गर्ने कामको नापजाँच पछि भुक्तानी दिनको लागि सेवाग्राहीसँग घुस माग गरेका थिए । घुस मागेको सूचना पाएपछि खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 
 
  
 

You may also like