85
बुटवल ।विपि काेइराला स्मृति दिवसमा नेपाली काँग्रेस रुपन्देहीले बृक्षराेपण गर्ने भएकाे छ । नेपाली काँग्रेसका संस्थापक नेता, पुर्वप्रधानमन्त्री विपि काेइरालाकाे स्मृति दिवसमा नेपाली काँग्रेस रुपन्देहीले यहि साउन ६ गते तिलाेत्तमा नगरपालिका वडा नं. ११ भुपु सैनिकमा बृक्षराेपण गर्न लागिएकाे नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी गराउनु भयाे ।
काँग्रेसका संस्थापक नेता स्व. विपिकाे स्मृतिमा नेपाली काँग्रेसले प्रत्येक वर्ष बृक्षराेपण गर्दै आएकाे र याे वर्ष पनि बृक्षराेपणकाे तयारी गरिएकाे हाे । साउन ६ गते हुने बृक्षराेपण कार्यक्रममा सक्रिय सहभागी हुनकाे लागि पार्टी तथा भातृ संगटन, सुभेच्छुक संघसंस्था लगायत सबैलाई सभापति खाँणले आग्रह गर्नुभएकाे छ ।