अर्घाखाँचीमा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको ज्यान गएको छ ।
गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिएका छन् ।

आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

 
 
  
 

You may also like