पहाडी भू–भागमा क्षणिक वर्षा, तराईमा ‘लू’ को सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज (मंगलबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । विशेष गरी मध्य तथा पूर्वी तराईका भू–भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू–भागहरूमा तातो हावा (लू) चलिरहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like