विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ६९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ०६ पैसा र बिक्री दर १६४ रूपैयाँ ८१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like