70
बुटवल । रुपन्देही पुल तथा स्नुकर संघकाे अध्यक्षमा पुन: सुजन पुनलाई चयन गरिएकाे छ । संघकाे साेमबार बुटवलमा सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले पुनकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हाे ।
कार्यसमितिकाे प्रथम उपाध्यक्षमा बासु प्रधान, द्वितीय उपाध्यक्षमा नबिन गुरुङ, महासचिवमा शंकर खड्का, सचिवमा प्रकाश क्षेत्री र कोषाध्यक्ष अमिन थापालाई चयन गरिएकाे छ ।
कार्यसमितिकाे सदस्यहरुमा बिशाल काउचा, सरोज केसी, रमेश रोका, सन्जु बस्नेत, जोसनमान गौचन, बिजय गुरुङ, साराङ राना, समुन्द्र अमात्य र प्रदिप विक रहेका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले याे खेललाई प्रतियाेगितामा सहभागी हुन आग्रह गर्दै आगामी दशाैं राष्ट्रिय प्रतियाेगिताकाे लागि तयारी हुन पनि आग्रह गर्नुभयाे ।