स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्षमा कर्माचार्य,महासचिवमा चाैहान

by समतल अनलाइन
Shares

बुटवल। नेपाल स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा पुनः प्रेमसागर कर्माचार्य निर्विरोध निर्वाचित भएका छन्। समाजको शनिबार बुटवलमा सम्पन्न चौथो महाधिवेशनले कर्माचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा ध्रुव थपलिया (चितवन), महासचिवमा कृष्ण चौहान क्षेत्री (रुपन्देही), सचिवमा तिर्थराज अवस्थी (कास्की) र कोषाध्यक्षमा प्रतिमा लामा (रसुवा) निर्वाचित भएका छन् ।

त्यस्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सदस्यहरुमा विमलकुमार भित्रकोटी, धर्मराज लुइटेल, प्रेमप्रसाद लम्साल, मनु लामा, प्रवासकुमार शाक्य, सुशिल घर्ती, गोविन्द वाग्ले, भिम विक, रामबहादुर खड्का, भेषराज पाण्डे, ध्रुव रुपाखेती र गुञ्जनकुमार गुप्ता ररहेका छन् ।

You may also like

This will close in 0 seconds