मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

काठमाडौं । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज (आइतबार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ ।

पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना छ । पहाडी भू–भागका केही तथा तराईका थोरै स्थारण्नहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 
 
  
 

You may also like