धूमपान गरेको देखेपछि साथीको कुटीकुटी हत्या

नयाँदिल्ली । भारत नयाँदिल्लीको बेदारपुर प्रहरी इलाकामा रहेको एक विद्यालयका विद्यार्थीले आफ्नै साथीलाई कुटीकुटी हत्या गरेका छन् । आफूहरूले धूमपान गरेको देखेका कक्षा आठका दुई विद्यार्थीले १२ वर्षका आफ्ना साथीको कुटामारी गरेर हत्या गरेका प्रहरीले जनाएको छ । शुक्रबार एमसिडी विद्यालयका कक्षा ८ का छात्रको शव नालामा भेटिएपटि हत्याको रहस्य खुलेको हो ।

आफ्नै सहपाठीलाई कुटपिट गरेर मारेको अभियागमा प्रहरीले दुवै जना अभियुक्तलाई पक्राउ गरेको छ । विद्यालय परिसरमा धूमपान गरेको देखेका उनले विद्यालय प्रशासनलाई त्यसबारेमा जानकारी दिने बताएपछि अभियुक्तद्वयले निजलाई प्रलोभनमा पारेर सुनसानस्थानमा बोलाएका थिए ।

उनीहरूले निजलाई लट्ठी जस्तो कुनै भुत्ते वस्तुले बारम्बार टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी अनुसन्धानबाट ज्ञात भएको छ । अभियुक्तहरूलाई बाल न्याय कार्यालयमा प्रस्तुत गरिने प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like