कोरोनाबाट थप एकको मृत्यु, ५१ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार २३८ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ५१ को नतिजा पोजिटिभ आएको हो । २०५ नमुनाको पीसीआर परीक्षण गर्दा २२ र एक हजार ३३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ३५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९० हजार ५५० पुगेको छ । हाल देशभर २७ संक्रमित आइसोलेसनमा छन् । अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये आठ आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३६१ रहेको मन्त्रालयले शनिबार जनाएको छ ।

 
 
  
 

You may also like