विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ५३ पैसा र बिक्री दर १३१ रूपैयाँ १३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ १९ पैसा र बिक्री दर १४४ रूपैयाँ ८५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ०१ पैसा र बिक्री दर १६२ रूपैयाँ ७६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७२ पैसा र बिक्री दर ३५ रूपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like