युएईविरुद्ध नेपालको खराब ब्याटिङ : ६८ रन बनाउँदा पाँच खेलाडी आउट

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा युएईविरुद्ध नेपालको ब्याटिङ निरीह बनेको छ । श्रृङ्खलाअन्तर्गत यूएईसँगको खेलमा नेपालले १७ ओभर १ बलमा ६८ रन बनाउँदा ५ विकेट गुमाएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले १४ रन बनाउँदा पहिलो विकेटको रूपमा आसिफ शेख ६ रन बनाएर आउट भए । त्यस्तै ३४ रनमा दोस्रो विकेटका रूपमा ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भए । ४९ रनमा तेस्रो विकेटका रूपमा कप्तान रोहित पौडेल १ रनमा आउट भए । ५९ रनमा चौथो विकेटको रूपमा कुशल मल्ल ३२ रन बनाएर आउट भए ।
त्यस्तै ६८ रनमा पाँचौं विकेटका रूपमा दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट भए । अहिले क्रिजमा भीम सार्की र सन्दीप लामिछाने रहेका छन् । यो शृङ्खलामा नेपाल यूएईसँग पहिलो खेलमा पनि पराजित भएको थियो ।

 
 
  
 

You may also like