उमा आधारभुत विद्यालयको ५५ औँ वार्षिक उत्सव सम्पन्न

by समतल अनलाइन

बुटवल ।तिलोत्तमा–०६ कुञ्जलापुरस्थित रहेको उमा आधारभुत विद्यालयले ५५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।
आइतबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी समाजसेवि सम्मान,अभिभावक कुर्ची दौड,विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, छात्रबृत्ति वितरण तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र बहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकका वडा नं. ६का वडा अध्यक्ष गणेश पाठकको प्रमुख आथिति रहेको थियो ।
पमुख अथिति पाठकले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा नगरपालिकाले पहल गरिरहेको बताएका छन् । हामीले विद्यार्थीका लागि यातायात आवश्यकता देख्यौँ,सानै भए पनि प्रदान गराँैँ । भोलिका दिनहरुमा पनि निरन्तर हाम्रो सहयोग रहने बताए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक ज्ञान बहादुर खड्काले विद्यालयमा करिब दुई सय विद्यार्थी रहेको बताए । म भर्खर विद्यालयको प्रधानाध्यापक भएको छु,धेरै वर्षको अनुभव छ,म र मेरो शिक्षक समुहलाई विश्वास गरेर बालबालिकालाई विद्यालयमा भर्न गर्न समेत आग्रह गरेका छन् ।

विद्यालयको आग्रहलाई एकै बोलिमा विद्यार्थीको सौलियतका लागि वडा कार्यालयले ई रिक्सा प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
समाजसेवि यम बहादुर आले र मनिकण थापालाई विद्यालयले समान गरेको छ । स्व.पदम कुमारी थापा अक्ष्यकोषबाट २५ जना र अमर योग दलार्मी अक्ष्यकोषबाट ४ जना गरि २९ जना छात्रछात्रालाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

कार्याक्रममा शान्ती नमुना माध्यमिक विद्यालयका प्रधानध्यापक कुल प्रसाद लामिछाने,पुर्व शिक्षक क्षमा अधिकारी,समाजसेवी तथा खेल प्रशिक्षक लोक पुन तथा वि.व्य.स का सदस्यले शुभकामना दिएका छन् । कक्षा ७ मा अध्यनरत विद्यार्थी माधव गन्धर्व र शिक्षक प्रकाश बस्नेतले कार्याक्रमको संचालन गरेका हुन् ।

 
 
  
 

You may also like