रुपन्देही डेरी व्यवसायी समितिको १४ औ साधारण सभा तथा छैठौं अधिवेशन

by समतल अनलाइन

बुटवल । खाद्य र दुधजन्य पदार्थको शुद्धता ल्याउन प्रशोधित र प्याकेजिङ अनिवार्य बनाउनुपर्ने सुझाव दिएका छन। आम उपभोक्ताको स्वस्थ्यसंग जोडिएको खाद्य र दुधजन्य पदार्थको शुद्धता ब्यवसायीहरुले ध्यान दिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । श्री रुपन्देही डेरि ब्यवसायी समितिको १४ औ साधारण सभा तथा छैटौ अधिवेसनमा बोल्ने बक्ताहरुले दुधजन्य पेशामा देखिएको समस्या समाधान गर्नतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्दै खाद्य बस्तुको शुद्धता ल्याउने अभियानलाई प्राथमिकतामा राखेको बताईन । आफू निर्वाचित भएर आएपछि पाच वर्षे कार्यकालमा बजार अनुगमनलाई ब्यवस्थित र मर्यादित गर्ने प्रण गरेको बताईन । उपभोक्ताको हितलाई मध्येनजर गरि कार्यान्वयनको पाटोलाई कडाई गरिने उनले बताईन । गुणस्तर मापन र अनुगमनलाई प्रभावकारी बनाउन नगरपालिका ल्याब संचालन गर्ने उनले प्रतिवद्घता जनाईन ।

कार्यक्रममा समितिका अध्यक्ष गणेशसिह भण्डारीले पेशा ब्यवसायलाई संगठित गर्दै लैजानुपर्ने अवस्था आएको बताए । देशमा छाएको आर्थिक संकटकै कारण दुधजन्य पदार्थको ब्यवसायमा आवद्घ ब्यवसायीहरु समस्यामा परेको गुनासो गरेका छन ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख बिमल कुमार दाहालले कानुनभन्दा माथि रहेर पेशा ब्यवसाय गर्न नमिल्ने बताए । खाद्य ऐन २०२३ ले निम्न गुणस्तरीय खाद्य बस्तुको उत्पादनलाई अपराधका रुपमा व्याख्या गरेको उनले बताए । मापदण्ड तोकेभन्दा बाहिर जान नहुने उनले बताए । नेपालमा राजनितिक र आर्थिक परिवर्तन आएको भन्दै अझै आम नागरिकको हितमा सरकार लाग्न जरुरी रहेको बताए । केही पालिकाहरुमा खाद्य गुणस्तरीयको विषयमा नमुना काम भएको उनले बताए । स्थानिय पालिकाको अगुवाईमा खाद्य गुणस्तर र उपभोक्ताको हितमा आवश्यक काम गर्न सक्ने बताए । खाद्य बस्तुबारे आम नागरिकमा देखिने भ्रम चिर्न जरुरी रहेको उनले बताए। सबै ब्यवसायीहरु स्वच्छदता गुणस्तरमा जोड दिनुपर्छ ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ताको हितमा ब्यवसायी अग्रसर देखिनु राम्रो पाटो भएको बताए । कोखदेखि शोखसम्म अमृतका रुपमा दूध भएको हुदा यसलाई शुद्घ र गुणस्तरीय दिनुपर्ने उनले सुझाव दिए। मासु ब्यवसायमा कुनै समय निक्कै जटिल समस्या भएकोमा अहिले सुधार भएको उनले बताए । कुनै पनि खाद्य पदार्थ खुला रुपमा बिक्रिवितरण गर्न नहुने सुझाव दिदै समयमा नै सुधारतर्फ ब्यवसायीहरु लाग्नुपर्ने बताए । ब्यवसायिक आचार संहिताले चेनलाईनमा रहेका सबैले आआफनो भुमिकालाई ख्याल गर्नुपर्ने बताएको हुदा पनि यसलाई कार्यान्वयन गरिनुपर्ने उनले बताए । स्थानिय सरकार नागरिकलाई शुद्धता दिलाउने क्षेत्रमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा समितिका संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपानेले पेशा ब्यवसायमा एकतावद्घ र निष्ठाका साथ अघि बढ्नपर्ने बताए । उपभोक्ता र किसान सधै पिडामा रहेको गुनासो गर्दै उनले ब्यवसायिक ईमान्दारीताको निकास ब्राण्डिङ हुनसक्ने बताए । स्वस्थ्य प्रतिस्पर्धा आजको आवश्यकता भएको उनले बताए । उपभोक्ता र किसानमुखी भएर समिति लाग्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा नेपाल डेरि एशोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले पेशा ब्यवसायलाई ब्यवस्थित गर्न नसकिएको दुखेसो गरे । संस्थाको उदेश्यअनुसार काम गर्नुपर्ने सुझाव दिदै उनले उत्पादन र बिक्रि गर्ने पेशा फरक भएको बताए । दुधको उत्पादन मुल्यभन्दा कममा खरिद गरेर बिक्रि गर्दा गुणस्तर पाउन सक्ने अवस्था नरहेको उनले बताए। गुणस्तरिय दूध प्राप्त गर्न धेरै कठिनाई रहेको उनले बताए ।

निवर्तमान अध्यक्ष नेत्र पाठकले कोभिड संक्रमणपछि दुधजन्य पदार्थमा केही समस्या देखिएको बताए । देशमा आर्थिक संकटको मारमा दुग्धब्यावसायमा समेत परेको भन्दै यसकै कारण धेरै ब्यवसायीहरु पेशाबाट विस्थापित हुने अवस्था आएको बताए। बजारमा ९० प्रतिशत खुला दूध विक्रिवितरण हुँदै आएको उनले बताए । अझै पनि उपभोक्ताहरुमा सचेतना जगाउदै प्रशोधित र प्याकिङमा जानुपर्ने उनले सुझाव दिए । जिल्लामा ४ सय बढि ब्यवसायीहरु छन ।

 
 
  
 

You may also like