125
काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ कम गरेको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।