भोली देखि बुटवल हुने सडक खाना महोत्सवको तयारी पुरा

by समतल अनलाइन

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा सडक खाना महोत्सव आयोजना गर्दै छ ।लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका विभिन्न परिकारहरुलाई एकै थलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले शुक्रवारदेखि तिन दिने सडक खाना महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।

बुटवल वडा नं. ९ तिनकुने चोकदेखि माथी नयां बसपार्क सम्म निर्माणाधिन कालिकापथ सडकको दायांवायां आयोजना गरिने महोत्सवमा विभिन्न खानाका परिकार सहितका १ सय बढि स्टल सहभागि हुने छन् । संघका अध्यक्ष रामप्रसाद गौतमले सांझ ६ बजेदेखि राती १२ बजेसम्म संचालन हुने सडक खाना महोत्सवको शुक्रवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सडक खाना महोत्सवले बुटवलमा होटल व्यवसाय प्रवद्र्धनको लागि सघाउ पु¥याउने बताए ।

संघले यसअघि २०७५ सालमा पहिलो र ०७६ सालमा दोश्रो सडक खाना महोत्सव आयोजना गरेका थिए । कोभिड महामारीका कारण पछिल्ला दुईवर्ष खाना महोत्सव आयोजना हुन नसकेकोमा गत बैशाख १ गते बुटवलकै हिलपार्कमा तेश्रो खाना महोत्सव आयोजना गरेका थिए ।
यसपटक चौथो पटक सडक खाना महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए ।

संघका महासचिव माधव प्रसाद खनालले सडक खाना महोत्सवले सुस्ताएको पर्यटन व्यवसायलाई जगाउने र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

 
 
  
 

You may also like