बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

by समतल अनलाइन

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ एकै दिन एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर एक लाख एक हजार रुपैयाँ पुगेको छ ।

यो भाउ हिजोको भन्दा एक हजार रुपैयाँले बढी हो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा पुगेको छ ।

 
 
  
 

You may also like