दैनिक पत्रले मनायो १९ औं वार्षिकोत्सब

by समतल अनलाइन

बुटवल । बुटवल मिडिया प्रकाशन प्राली द्वारा प्रकाशित दैनिक पत्र दैनिकले आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ । आईतबार बुटवल ६ दैनिक पत्र दैनिकको प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै दैनिक पत्रले वार्षिकोत्सब मनाएको हो ।
कार्यक्रममा बोल्दै दैनिक पत्रका कार्यकारी प्रमुख तथा प्रबन्धक सम्पादक डा.बालकृष्ण चापागाईंले संस्था निर्माणमा हरेक क्षेत्रबाट सहयोग र योगदान दिने सबैलाइ आभार ब्यक्त गरेका छन । उनले यो संस्था विभिन्न अवस्थाबाट गुज्रिएर यहाँसम्म आएको बताउदै चुनौतीलाई दैनिक सामना गर्दे पत्रीका नियमित प्रकाशित भईरहनु प्रंससनिय भएको बताए ।
उनले मानव सभ्यता बचाउने काम सञ्चारले गर्ने बताउदै सभ्यता बिस्तारको काम पनि सञ्चारले गरिरहेको बताए। उनले दैनिक पत्रले प्रबिधिको भरपुर प्रयोग गर्दै दैनिकपत्र डटकम अनलाइन चलाएको बताउदै दैनिक रुपमा ई–पेपर र प्रकाशित सामाग्रीहरुलाई बिश्वभर हेर्न सकिने बताए।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोबिन्द खनालले दैनिक पत्र दैनिकले नागरिकको वाक स्वतन्त्रताको अधिकारको लागि र लोकतन्त्रलाई बलियो बनाउदै नागरिकका अधिकारको क्षेत्रमा काम गरेकोमा धन्यवाद ब्यक्त गरे । खनालले कुनै न कुनै माध्यम मार्फत यसमा जोडिन पाउँदा गर्व महसुस हुने गरेको बताउदै यही कृयाशिलतालाई निरन्तरता दिन आग्रह गरे।
देशको राजनीति निकै बदलिएको बताउदै मतपरिणामले स्थायी सरकार बन्न नसक्ने अवस्थामा रहेकोले सरकारलाई हरेक किसिमबाट झक्झकाउनको लागि आग्रह गरे।
समृद्धी सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले पर्यटनले भरिपुर्ण देश नेपालको ब्यवस्थापन नेपालीले गर्न नसकेको गुनासो गरे। बिदेशी मुलुकले पर्यटन क्षेत्रमा निकै ध्यान दिनेभएपनी नेपालमा त्यति ध्यान नदिइएको बताउदै यसतर्फ समयमा नै सचेत हुन आग्रह गरे । उनले मिडियाले पर्यटन प्रवर्द्धन गर्ने कार्यमा लाग्न आग्रह गरे।
घिमिरेले पत्रीकामा राजनीतिक समाचार भन्दा नागरिकका समस्या र समृद्धि आउने बाटोहरुको बारेमा लेख्न आग्रह गरे । उनले साना साना कुराहरुमा ध्यान कसैले नदिनेगरेको गुनासो गर्दै अब दैनिकपत्रले त्यस्ता बिषय उठान गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै लेखक एव प्रध्यापक माधव पौडेलले प्रबिधिको भरपुर प्रयोग गर्दै यसको निरन्तरताको लागि सुझाब दिएका थिए। उनले बिचार प्रधान हुँदै सिर्जनात्मक कार्यहरु थप्न आग्रह गरे।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले दैनिकपत्रको पहिचानलाई निरन्तरता दिदै निश्पक्षता कायम गरोस भन्दै शुभकामना दिएका थिए।
लेखक हरि ज्ञवालीले दैनिक पत्र दैनिक र जनसंघर्षले आफ्नो निरन्तरताको प्रसम्सा गरे। उनले दैनिक पत्रले हरेक सवालमा आफ्ना बिचार प्रस्तुत गर्दै सबै बिचारलाइ समेट्नुले सबैको प्रीय बन्न सफल भएको बताए।
सल्लाहकार सम्पादक ऋषि आजादले पर्यटन अबको बिकासको आधार भएको बताउदै यो वर्ष दैनिक पत्रले पर्यटन सम्बन्धि खुराकलाई बढी पस्किने बताए।
पर्यटन बिश्लेशक दलबहादुर गुरुङले पर्यटनले ग्रामीण एव पछि रहेको समुदायलाइ बाहिर ल्याउन सक्ने भएकोले यो पटक दैनिम पत्रले पर्यटन क्षेत्रलाइ बिशेसान्क प्रकाशन गरेकोमा धन्यवाद ब्यक्त गरे।
कार्यक्रममा बोल्दै कार्यकारी सम्पादक सुमन अधिकारीले दैनिक पत्र दैनिकको पछिल्लो अवस्था र वार्षिकोत्सबका बिषयबस्तुको बारेमा बताएका थिए।
दैनिक पत्रका कार्यकारी प्रमुख बालकृष्ण चापागाईंको अध्यक्षता, सम्बाददाता पूजा पन्थीको स्वागत तथा जनसंघर्ष साप्ताहिकका प्रर्वन्ध सम्पादक रामप्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जनसंघर्षका सम्पादक पम्फा चापागाईं,दैनिकपत्र दैनिकका ब्यवस्थापन मन्जु पौडेल, लेखा प्रमुख उषा पौडेल, न्युज डेक्सका पत्रकार तथा बजार क्षेत्रका कर्मचारी, डिजाइनर र बितरकको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like