सहयात्री दल एमालेबाट असहयोग भएको हृदयेश त्रिपाठीको आरोप

by समतल अनलाइन

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन् । उनले सहयात्री दल नेकपा (एमाले) को नेतृत्व पंत्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए ।

त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन् ।

नेता त्रिपाठीले आज परासीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा हारे पनि जनताको सेवा र प्राप्त उपलब्धिको रक्षा गर्न आफू सदैव सक्रिय रहने बताए ।

 
 
  
 

You may also like