चीनमा नेतृत्वविरुद्ध प्रदर्शन, राष्ट्रपति सीको राजीनामा माग

by समतल अनलाइन

काठमाडौं । चीनमा नेतृत्वविरुद्ध विरोध प्रदर्शन भएको छ । उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शन शुरु भएको हो ।

साङ्घाई शहरमा सयौं मानिसले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियो सार्वजनिक भएको छ । यसलाई चिनियाँ नेतृत्वविरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ । कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिनिपङको राजीनामा माग गरिरहेको बीबीसीले जनाएको छ ।

पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकालिएको जुलुसबाट प्रदर्शन शुरु भएको हो । प्रदर्शन भएका क्षेत्रमा व्यापक प्रहरी तैनाथ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

 
 
  
 

You may also like