प्रतिनिधि सभामा सुनसरीबाट जसपाका अशोक राई विजयी, प्रदेशमा एमाले

by समतल अनलाइन

सुनसरी । सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष अशोककुमार राई निर्वाचित भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई झिनो मतान्तरले हराएका हुन् ।

निर्वाचित राईले १७ हजार ५९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । २०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जितेका राईले त्यस पछाडिका सबै चुनाव हारेका थिए ।

२०५६ र २०६४ मा उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव हारेका राई २०७४ मा सुनसरी क्षेत्र नम्बर १ बाट एमालेका जय राई सँग भारी मत अन्तरले पराजित भएका थिए । यस पटक एमालेसँगको तालमेलका कारण चुनाव जित्न सफल भएका हुन् ।

निर्वाचित भएपछि राइले समग्र सुनसरी – १ को विकासका निम्ति आफूले भूमिका निर्वाह गर्ने बताए । सुनसरी १ (ख) मा एमालेका विजय राई निर्वाचित भएका छन् । सुनसरी–१ ( क) मा एमालेकै रमेश बस्नेत निर्वाचित भएका छन् ।

 
 
  
 

You may also like