अञ्जनको गोलमा नेपालले पाकिस्तान हरायो

by समतल अनलाइन

काठमाडौं । अञ्जन विष्टको गोलमा नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा जित निकालेको छ । आज (बुधबार) भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि अञ्जनले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । अञ्जनले खेलको ८२ औं मिनेटमा गोल गर्दै नेपाललाई १–० को जित दिलाएका हुन् ।

अञ्जनले नेपालका लागि सर्वाधिक दोस्रो गोल गर्ने हरि खड्काको ११ गोलको इतिहाससँग बराबरी गरेका छन् । तीन वर्षपछि विश्व फुटबलमा फर्केको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको हो ।

 

 
 
  
 

You may also like