चिसो मरुभूमि अर्थात् रहस्यमयी लोमान्थाङ (तस्बिरहरूसहित)

by समतल अनलाइन
829Shares

सस्याना बुट्यान,राता पहाडहरु,क्षितिजसम्म चिहाउँदा पनि उस्तै आकाश र बादल। चिसो मरुभूमि अर्थात् लोमाङ्थाङको यात्रामा देखिने दृश्य हो यो।

मुस्ताङ सदरमुकाम जोमसोमबाट ठडिएपछि भीमकाय पहाड छिचोल्दै अघि बढ्छ,पट्यारिलो अनि डरलाग्दो बाटोको यात्रा ।अनुपम भु(बनौटको यो सुन्दर ठाउँमा यतिबेला मोटरबाटो खनिएको छ।बाटो भन्नू नै गोरेटो हो।तर पनि जीप र ट्रक चल्छ्न्, यो बाटोमा।

बाटो तिब्बती नाका कोरलासम्मै पुग्छ ।बाटो बनेकोमा असाध्यै खुसी छ्न्,उपल्लो मुस्ताङबासी। गण्डकी प्रदेश सभासद ईन्द्रधारा विष्ट यो रहस्यमयी भूगोललाई बाटोले कायापलट गर्ने र विश्वमाझ परिचित गराउने बताउँछन्।

बाटो जति डरलाग्दो छ, बीचबीचमा आउने बस्ती र हरियाली उति नै सुन्दर छ्न्।लोमान्थाङको नजिक चराङसम्म पुग्दा बाटो सपना जोडतोडले पुराहुंदै गरेको मात्र देखिएन, रहश्यमयी नाङ्गा पहाड र सुन्दर बस्ती पनि देखियो।

You may also like