पत्रकार महासंघ रुपन्देहीद्वारा पत्रकारहरुकाे सामूहिक दुर्घटना बिमा

by समतल अनलाइन

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गरेको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले सामूहिक बीमा अन्तर्गत आफ्ना ३१६ जना सदस्यहरूको दुर्घटनासंगै १ लाख रुपैया बराबरको औषधी उपचार दावी पाउने गरी शिखर इन्स्योरेन्ससंग सम्झौता गरेको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । अध्यक्ष पोख्रेलले पत्रकारहरुको हक हितका लागि पहिले हुँदै आएका बिमाभन्दा फरक हुनेगरि बिमा गरिएको जानकारी दिए ।

उनले पत्रकारहरुको हकहितमा महासंघ सदैव लाग्ने प्रतिबद्धता समेत ब्यक्त गरेका हुन् ।

 
 
  
 

You may also like